नेपालका साह बने ‘र्‍याली अफ हिमालयाज’ चौथो संस्करणको विजेता

Advertisement

काठमाडौं । भारतमा हालैमात्र सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । 

यहीँ असोज १६ गतेदेखि २० गतेसम्म अर्थात् २ अक्टोबर–६ अक्टोबर, २०२४, भारतको हिमाचल प्रदेशमा ओजित उक्त प्रतिस्पर्धात्म र्‍यालीमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि बनेका राइड साहले उपाधि जितेका हुन् । राइडर साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए । 

Advertisement

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो ।  अफरोड मोटरस्पोर्ट इभेन्ट, त्यसमाथि ४,५५१ मिटरसम्मको उच्च हिमाली क्षेत्रको प्रतिस्पर्धात्मक र्‍याली आफैमा निकै कठिन र चुनौतीपूर्ण रहेको थियो । तर, राइडर साहले निकै रोमाञ्चकतापूर्वक सो चुनौतिलाई विजयमा परिणत गर्न सफल भएका छन् । 

undefined

एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा ट्रफी ग्रहण गरेका छन् । 

सफलता पश्चात राइडर साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’

null

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो । 

दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २०२२ मा –याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र –याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ। बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई समेत जित्न सहज बनायो ।

साहको सफलतामा नेपाल स्थित रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले हार्दिक बधाई ज्ञापन गरेको छ ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ ।

Advertisement

Advertisement