‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र साहसिक गतिविधिको बुकिङ अब मोबाइलबाटै

Advertisement

 

काठमाडौँ । अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् । 

Advertisement

 

एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ ।

 

ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ । परिक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्ण रुपमा सन्चालनमा आएको हो । 

 

एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तराष्ट्रिय कार्ड (भिजा) मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस मार्फत भुक्तानी गर्न सकिनेछ । प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन तथा नेपाली सँस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो ।


ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तराष्ट्रिय हवाई उडानको टिकट, अन्तराष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ । एप प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्छन् । अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइटमा लग इन गरेर पनि आफुले चाहेको सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
 

Advertisement