मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

Advertisement

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । घिमिरेले २२ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन । 

अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएको आयोजकले जनाएको छ । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

Advertisement

बुधबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए । कार्यक्रममा करेन मुर्रेले हिल्टन मिस एलिगेन्स,  स्मृति सिंहले टिभिएस् मिस स्मार्ट,  समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन, स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टिमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भए । 
 

Advertisement