नेको इन्सुरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण

Advertisement

काठमाडौं । बीमा बजारमा विगत २९ वर्षदेखि सेवा प्रदान गर्दै आए‌को नेको इन्सुरेन्स लिमिटेडले हालै बार्षिकोत्सव सम्पन्न गरेको छ । 

वार्षिकोत्सवका अवसरमा कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा, कपिलवस्तुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सौजन्य स्वरुप प्रदान गरेको छ । 

Advertisement

आज कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । 

undefinedसो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको समेतको उपस्थिति थियो ।

कम्पनीले विगतका वर्षहरु देखि नै आफ्‌नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि समय सयमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ । यस अघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरणको लागि सहयोग, बन्दीपुर( तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको जनाएको छ । 
 

Advertisement