‘वेबसाइट’ प्रतियोगितामा हिमालय एकेडेमीका योगेश स्माली पहिलो

Advertisement

काठमाडौं । लाइफ कम्प्युटरले आयोजना गरेको छैठौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ । आइतवार नाचघर जमलमा आयोजित एक कार्यक्रमका बीच विजेताको घोषणा गरिएको हो ।

यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन् । त्यस्तै दोस्रो पद्मोदय माध्यमिक विद्यालयका सविना थापा र लिटल एञ्जल स्कुलका सुरेश महर्जन तेस्रो बनेको बताइएको छ ।  लाइफ कम्प्युटरले विसं २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा प्रतियोगिता गर्दै आएको छ ।

Advertisement

विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले आईटी क्षेत्रमा विद्यार्थीको सक्रियताले भविश्य उज्जवल बन्ने देखेको बताए । उनले विद्यार्थीले ‘कम्फर्ट जोन’बाट बाहिर आएर सुख र सुविधाको जिन्दगी त्याग्न सके प्रगति गर्न सकिने बताए । उनले समस्याको समाधानले अवसरको सृजना गर्ने बताए । जसले समस्याको समाधान गर्न उही व्यक्ति महान बन्ने उनको भनाइ थियो ।

लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले संस्थाले आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको बताए । ‘वेबसाइट कम्पिटिसन’को अवधारणा आफू अवसरबाट वञ्चित हुनुपर्दाको पीडाबाट जन्मिएको उनको भनाइ थियो ।

स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको र हामीले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ थियो । यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए । 

Advertisement

Advertisement