एक घण्टामै श्रम स्वीकृति दिन थालेपछि श्रम विभाग आउनेको संख्या निकै घटिसक्योः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । 

बुधवार आफू ताहचलस्थित श्रम विभाग पुगेर निरीक्षण गर्ने क्रममा उनले अरु मन्त्रीहरु सिंहदरबारमा बसेर निर्देशन दिने, तर कार्यस्थल पुगेर गुनासो सुन्ने नगरेको बताएका हुन् । 

Advertisement

विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा अर्यालले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन आवश्यक रहेको बताए । 

एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको उनले बताए । अर्यालले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु कमी देखिएको बताए । 

उनले भने, ‘एक घण्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं । त्यसको प्रभाकारी कार्यान्वयन भएको छ कि छैन भन्ने अनुगमन थियो । श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु कमी देखिएको छ । श्रम स्वीकृत भएको विभागको ठाउँ व्यवस्थित भएको छ । कर्मचारीहरुले अत्यन्तै शान्त रुपमा काम गर्नु भएको छ । श्रम विभागबाट हुने सेवामा सुधार भएको छ । त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन । ठगिनु भएन ।’

अर्यालले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

Advertisement

Advertisement