अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड सक्रिय

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्ड पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सक्रिय हुन थालेको छ ।

चालु आर्थिक वर्षको करिब अन्त्यसम्म कुनै पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहभागी हुन नसकेर आलोचना बेहोरेको बोर्ड पछिल्लो समय केही मुलुकमा पर्यटन प्रवर्द्धनका काममा सहभागी भइरहेको छ । अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवार रहेको नेपाल पर्यटन बोर्ड विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन सकिरहेको थिएन । बोर्डको कार्यकारी समितिले गत असोज ६ गते पारित गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरेपछि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने निर्देशन भएको थियो ।

Advertisement

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो  सञ्चालक समितिको निर्णयअनुसार आंशिक रुपमा विदेशमा कार्यक्रमको बाटो खुलेपछि बोर्डले धमाधम प्रवद्र्धनका कार्यक्रम गरिरहेको बताए । उनका अनुसार सार्वजनिक खरिद ऐनले व्यवस्था गरेअनुरुपको कार्यविधि पारित नहुँदा यस आर्थिक वर्षमा कुनै पनि कार्यक्रम हुन सकेका थिएनन ।  

बोर्डको सञ्चालक समितिले विदेशमा कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयको कार्यविधिलाई आधार मानेर अगाडि बढाउने भनेर निर्णय गरेपछि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने बाटो खुलेको बोर्डले जनाएको छ । यस वर्ष हालै दुबईमा भएको अरेबियन टाभल मार्ट बाट अन्तर्राष्ट्रिय प्रवद्र्धन सुरु भएको थियो । चीनको बेइजिङ र छेन्दुमा नेपाल प्रवद्र्धन गरियो भने पछिल्लो पटक चीनकै ग्वाङजाओ इन्टरनेसनल ट्राभल फेयरमा पनि बोर्डको सहभागिता रह्यो । 

दक्षिण कोरियामा नेपाल डे इभेन्ट गरियो भने थाइल्यान्डको बैङ्ककमा नेपाल सेल्स मिसन सम्पन्न भएको थियो । बोर्डका प्रवक्ता लामिछानेका अनुसार असार अन्तिम हप्ता बङ्गलादेशको ढाकामा सेल्स मिसन आयोजना हुदैछ ।

दक्षिण कोरियामा नेपाल प्रवर्द्धन
यसै सन्दर्भमा बोर्डले हालै दक्षिण कोरियाका दुई सहरमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम गरेको छ । बोर्डले दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावास र कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपाल ९कोट्टान० सँगको सहकार्यमा दक्षिण कोरियाको ग्वान्जु र सियोलमा बीटुबी बैठकसहित नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको हो ।

यही असार ११ र १३ गते भएको कार्यक्रममा एक सयभन्दा बढी कोरियन टुर अपरेटर तथा सञ्चारमाध्यमको सहभागिता रहको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमअघि नेपाल सेल्स मिसन २०२३ मे मा सियोल र बुसानमा आयोजना गरिएको थियो ।

दक्षिण कोरियाका लागि नेपालका राजदूत डा ज्योति प्याकुरेल (भण्डारी)ले यो नेपाल प्रवद्र्धन कार्यक्रम नयाँ विचारको आदानप्रदान, नयाँ बजार क्षेत्र र विभिन्न पर्यटकीय उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नका लागि उपयुक्त मञ्च भएको बताए । उनले नेपाल वायुसेवा निगममार्फत कनेक्टिभिटीका लागि लबिङ गर्ने र उडान फ्रिक्वेन्सी बढाउन आफूले पहल गर्ने बताए । 

नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूबीचको बीटुबीले दुई देशबीचको पर्यटन व्यवसाय प्रवद्र्धन हुने बताए । 

त्यसैगरी, बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले ‘गन्तव्य नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ सम्बन्धी सङ्क्षिप्त प्रस्तुतीकरण दिँदै नेपाल कोरियाली पर्यटकका लागि राम्रो गन्तव्य भएको धारणा राखे । 

कोरियाली अल्पाइन क्लबका अध्यक्ष  ब्युन गीताय, कोरिया अल्पाइन महासङ्घका स्थायी उपाध्यक्ष ली इउइजाले कोरियाली पर्यटकको नेपालप्रतिको लगाव साझा गर्दै यो अवसरलाई सदुपयोग गरी नेपाललाई सहयोग गर्न कोरियाली टुर अपरेटरहरुलाई अनुरोध गरे ।  

कार्यक्रममा कोट्टानका अध्यक्ष अमरबहादुर शाही र वरिष्ठ नेपाली पर्यटन व्यवसायी केपी सिटौलाले दुवै सहरमा आयोजना भएका कार्यक्रमको संयोजन र सहजीकरण गर्नभएको थियो । कोट्टानमा १३ पर्यटन कम्पनी÷सदस्य सहभागी थिए । सन् २०२४ को मेसम्म कोरियाली पर्यटक आगमन १२ हजार चार सय पाँच पुगेको छ जसबाट सन् २०१९ को प्रि–कोविड स्तरको तुलनामा करिब ८० प्रतिशत रिकभरी भएको देखिन्छ ।

Advertisement

Advertisement