बुद्ध एयरले थप्यो १८औं एटीआर जहाज

Advertisement

काठमाडौं । बुद्ध एयरले शुक्रबार १८औं एटीआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटीआर–७२ हो । यससँगै एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई साउन महिनाबाट उडान सेवामा ल्याईने कम्पनले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन 9N-ANZ जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १५ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् ।

Advertisement

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले भने– ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने छ’ ‘हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्ने छौं’, – उनले थपे ।

थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ । थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने योजना रहेको छ । थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुनेछन् ।

बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

Advertisement

Advertisement