विदेशबाट फर्किएकाहरुलाई फेरि फर्किन नदिइने

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका  नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् । 

आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान गर्दै उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्नेहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए । 

Advertisement

विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको अर्यालले बताए । उनले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई बधाई तथा शुभकामना दिए । 

मन्त्री अर्यालले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताए । उनले स्वदेशमा हुने नागरिकहरु श्रमको खोजीमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताए । 

मन्त्री अर्यालले भने, ‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । सरकारले यो भन्दा अगाडि छलफल गरी रहेका छौं । विदेशबाट फर्केका नेपाली फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ । यो देशको लागि केही गरौं भनेर बहस छलफल गरिरहेका छौं । इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्नसक्छांैं । भन्ने महत्वपूर्ण सन्देश दिइरहनुभएको छ । स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा हुनुहुन्छ । विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’

Advertisement

Advertisement