वाग्मतीका नाममा खर्च भएको रकम पारदर्शी गराउन महाअभियानको माग
file photo

Advertisement

काठमाडौँ । वाग्मती सफाइ महाअभियानले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र यसअन्तर्गतको आयोजनाका नाममा खर्च भइरहेको रकम पारदर्शी गर्न माग गरेको छ ।

महाअभियानले आज सहरी विकासमन्त्री धनबहादुर बुढालाई ज्ञापनपत्र बुझाउँदै समिति र आयोजनाका नाममा सुरुदेखि भएको खर्चबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो । समितिमा हुने अस्वाभाविक खर्चले नागरिकले सफाइ महाअभियानलाई नै प्रश्न गर्न थालेपछि अलग भएर सफाइलाई निरन्तरता दिइएको ज्ञापनपत्रमा उल्लेख छ । 

Advertisement

समिति र आयोजनाले गरेको खर्चको आरोप महाअभियानले खेप्नुपरेकै कारण अलग भएर अभियान चलाइएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । 

अधिकार सम्पन्न समिति भनिए पनि अधिकारविहीन भई वाग्मती सफाइमा प्रभाव परेकाले समिति खारेज गरी आयोजनालाई जिम्मेवार बनाउनुपर्ने महाअभियानको माग छ । आयोजनाले काम गर्दा ठेक्का नलगाई समुदायलाई जिम्मेवार बनाएर काम गराउनपूर्व सचिवसमेत रहनुभएका सफाइ अभियानकर्मी किशोर थापाले अनुरोध गरेका थिए । 

महाअभियानका तर्फबाट थापाले बुझाउनुभएको आठबुँदे ज्ञापनपत्र बुझ्नुहुँदै सहरी विकासमन्त्री धनबहादुर बुढाले १२ वर्षदेखि निरन्तर चलिरहेको महाअभियानले खुसी भएको उल्लेख गर्नुहुँदै परिणाम आउने गरी अधिकार सम्पन्न वाग्मतीको काम गराउने प्रतिबद्धता जनाए ।   

मन्त्रालयका सचिव मणिराम गेलालले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गरेर देखाउने वाचा गरे । महाअभियानले बुझाएको आठबुँदे ज्ञापनपत्र एक महिनाभित्र कार्यान्वयन नभए सशक्तरुपमा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने अभियानकर्मी चन्दको भनाइ छ ।

Advertisement

Advertisement