एनएमबि बैंकको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । 

Advertisement

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । 

प्रतिकित्ता न्यूनतम १२० रुपियाँ तोकिएको उक्त शेयर खरिदका लागि सो वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । साथै, उल्लिखित सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आज (असार १७) देखि २३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । 

बोलपत्र फाराम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा बुझाउनुपर्नेछ ।

Advertisement

Advertisement