प्रतिकित्ता ७०० रुपियाँमा महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । 

लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो । 

Advertisement

सो शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७०० रुपियाँमा तोकिएको छ । 

शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । 

शेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले आज (असार १७) देखि साउन ८ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । 

बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, ठमेल, काठमाडौंमा बुझाउनुपर्नेछ ।

Advertisement

Advertisement