शेयर बजार दोहोरो अंकले घट्यो, साढे ३ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार साढे ३ अर्बमा समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्सेका अनुसार आज बजार १४.८३ अंकले घटेको छ । ०.७३ प्रतिशतले बजार घट्दा नेप्व्से परिसूचक २०३७.०९ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि वित्त ०.३४ र उत्पादनमूलक ०.०३ प्रतिशतले बढ्यो भने बाँकी समूह राताम्मे भए । आज सबैभन्दा बढी लघुवित्त समूह १.३७ प्रतिशतले घटेको छ । 

undefined

आज ३२० कम्पनीका ९१ लख ७८ हजार ८ सय ९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ बराबरको कारोबार भएको छ । 

मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०६ प्रतिशतले नाफा कमाएका छन् भने मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १ सय ५४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement