आरजुतर्फ संकेत गर्दै गृहमन्त्रीले भने- निश्चित व्यक्ति जोगाउन रातारात सत्ता समीकरण फेर्न लागे

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ 

लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । उनले भने, ‘संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिंदैन त ।’ 

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई प्रहरी पक्राउ गर्न बुढानीलकण्ड क्षेत्र घेरा हाले पनि उनलाई पहिले नै भगाउने काम भएको तथ्य बाहिर आएको छ । उक्त घटनापछि देउवा दम्पत्ति गएको शनिबार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए । उक्त दिन बेलुकी तीन घण्टाभन्दा लामो समय कुराकानी भएपछि ओलीलाई प्रधानमन्त्री स्वीकार गर्न कांग्रेस तयार भएको थियो । 

गृहमन्त्री लामिछानेले आरजुतर्फ संकेत गर्दै उनलाई जोगाउन सत्ता समीकरण फेरबदल गर्न लागिएको बताए । 

Advertisement

Advertisement