साउदी अरेबियाको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबीच सम्झौता

Advertisement

काठमाडौं । साउदी अरेबियामा रहेका नेपालीहरुले सहजै रेमिट्यान्स् पठाउन सकिने गरी साउदी अरेयिबामा नै  अब्बल मानिएको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । 

नेपालीहरूले नेपाल रेमिटमार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरुबाट मात्र नभई  बिन याला एक्सचेन्जको मोर्बाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाईल एप बाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि साउदी अरेबियामा रहेका नेपालीहरूले आफु काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुबैको बचत हुनेछ ।  

Advertisement

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष रितेश मित्तल र बिन याला एक्सचेन्ज तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुर्सान मुहम्मद हस्सन अल–यालाले हस्ताक्षर गरेका छन् ।  

सम्झौता पछि नेपाल रेमिटका कार्यकारी अध्यक्ष मित्तलले बिन याला एक्सचेन्ज सँग साझेदारी गर्न पाउँदा  अति उत्साहित रहेको र यस रणनीतिक गठबन्धनले हामीलाई हाम्रो रेमिट्यान्स् करिडोरलाई बलियो बनाउन र हाम्रा ग्राहकलाई अझ बढी छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन अझ सजिलो हुने बिस्वास ब्यक्त गरे । 

Advertisement

Advertisement