हकप्रद जारी गर्न होटल एलिस द वन्डर इनको विशेष साधारणसभा आज

Advertisement

काठमाडौं । हकप्रद शेयर निष्कासनको प्रस्तावसहित होटल एलिस द वन्डर इन लिमिटेडको विशेष साधारणसभा आज (असार १९) गते बस्दैछ । 

सभा, नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले हाल कायम चुक्ता पुँजी नौ करोड रुपियाँको १३।५ प्रतिशत अर्थात् १०० कित्ता शेयरबराबर १३।५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement