लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारणसभा आज बस्दैछ । 

कम्पनीले २३औं र २४औं वार्षिक साधारणसभा आज बस्न लागेको हो । 

Advertisement

सभा, वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षका लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजीको २१।०५ प्रतिशत (कर प्रयोजनसहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।

त्यस्तै, सभाले आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्यप्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलता, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित पनि गर्नेछ । 

आव २०७९/८० का लागि गरिएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

त्यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सो समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनार्थ कम्पनीले असार ४ गते बुकक्लोज गरिसकेको छ । तसर्थ, असार ३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement

Advertisement