नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत तिलकराज पाण्डे र महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका हुन् ।  

Advertisement

सो सम्झौता बमोजिम महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवम् सामूदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी–प्राविधिक, शिक्षक–कर्मचारीहरूले बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नूका साथै नियमानूसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सूविधा पाउन सक्ने जनाइएको छ । 

Advertisement

Advertisement