ऋण असुलीलाई थप प्रभावकारी बनाउन र बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन

Advertisement

काठमाडौं । ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाउन प्रभावकारी बनाई आफ्ना सदस्यहरुको बचत रकम समयमा फिर्ता गर्न सहकारी संघसंस्थाहरुलाई निर्देशन दिइएको छ । 

सहकारी क्षेत्रमा पछिल्लो सयम देखा परेका समस्याका कारण सहकारी संघसंस्था तथा सदस्यहरुको व्यवसाय समेत प्रभावित भएको भन्दै आज सहकारी विभागले ६ बुँदे निर्देशन दिएको हो । 

Advertisement

विभागका रजिष्ट्रार पिताम्बर घिमिरेद्वारा जारी निर्देशनमा आफ्ना सदस्यहरुसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिबृद्धि र समस्य केन्द्रित सेवा प्रवाह मार्फत सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुन पर्ने उल्लेख छ ।

undefined  

Advertisement

Advertisement