त्रासदीपूर्ण गृहयुद्धबाट मुक्त भएको रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला

Advertisement

काठमाडौं । रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको  रंगशालाको अनावरण गरेका छन् । 

कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए । 

Advertisement

उद्घाटन कार्यक्रममा २०२३–२४ रुवाण्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डाईज फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो ।

उनले आफूहरु अझै धेरै काम गर्नका लागि सरकारमा रहेको बताए । युवा फुटबल प्रतिभाको लागि कुनै बहाना नबनाइ काम गर्ने बताए । अमाहोरो रंगशालाको मर्मतअघि २५ हजार दर्शक क्षमता थियो ।  यस रंगशालाले यसअघि नै अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न फिफाबाट स्वीकृति प्राप्त गरिसकेको छ ।

सन् १९९४ को अप्रिलदेखि जुलाई बीचको सय दिनको त्रासदीपूर्ण गृहयुद्धका क्रममा लगभग ८० लाख जनसंख्यामध्ये करिव आठ लाखको हत्या भएको थियो । गृहयुद्धको अन्त्यपछि भने उसले  तीब्र विकासको प्रयास गर्दै आएको छ । 

Advertisement

Advertisement