सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको हो । 

संस्थाले शेयरधनी मनोज बस्नेतको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । 

संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा या शेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवदेन दिुनपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेता तोकेबमोजिम हुने संस्थाले जनाएको छ । 
 

Advertisement

Advertisement