सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

सुनको मूल्य बढेर आज नयाँ कीर्तिमा कायम भएको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४ सय रुपियाँ कारोबार भइरहेको छ । गत जेठ २५ गते बनेको १ लाख ४५ हजारको रेकर्ड आज तोलिएको हो । त्यस्तै आज तेजाबी सुन प्रतितोला  १ लाख ४४ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।   

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement