सप्तकोशीका ४१ ढोका खोलिए, नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध

Advertisement

सुनसरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ । 

आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

Advertisement

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । 

Advertisement

Advertisement