प्रभु बैंकको ३.३३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल तीन लाख ३३ हजार ७८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 

Advertisement

Advertisement