प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement