कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण

Advertisement

काठमाडौं । कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुन-१, काठमाडौंलाई रु. १ लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । 

फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए  प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डा. बाबुकाजी थापा थिए । 

Advertisement

कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो । 
 

Advertisement

Advertisement