यी चार कम्पनीको साधारणसभा आज, कुनले दिँदै छ लाभांश ?

Advertisement

काठमाडौं । आज असोज १८ गते शुक्रबार विभिन्न ४ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । 

यसदिन अपर स्याङ्गे हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, बाराही हाइड्रोपावर र  नेपालल्यूब आयलको वार्षिक साधारण सभा बस्दैछ । 

Advertisement

यीमध्ये नेपाल ल्यूब आयलले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । 

अपर स्याङ्गे हाइड्रोपावरको वार्षिक साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यद्यपि, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभामागत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरिने कम्पनीले जनाएको छ ।  

सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ असोज ३ गते संविधान दिवस अर्थात् सार्वजनिक बिदा भएकाले २ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । 

मोलुङ्ग हाइड्रोपावरको २ आर्थिक वर्षको साधारणसभा पनि आजै बस्दैछ । सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ । 

सभा प्रयोजनका लागि यसले आगामी असोज २ गते बुक क्लोज गरिसकेको छ । असोज १ गते सार्वजनिक विदा थियो । तसर्थ, भदौ ३१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 

बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार सालिक चोक, कलंकी, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ ।

यस कम्पनीले पनि लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाa र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । साथै चालू आवका लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । 

सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गरिसकेको छ । असोज ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् । 

त्यसैगरी, नेपाल ल्यूब आयल लिमिटेडलेको वार्षिक साधारण सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । असोज ४ भन्दा अघिसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 

 

Advertisement

Advertisement