आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

Advertisement

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले यसअघि जेठ १४ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र सो शेयरमा आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको हो । 

Advertisement

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आज (असार २३ बाट) ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा निवेदन पेस गर्नुपर्नेछ । 
 

Advertisement

Advertisement