‘ठूला फाइलहरु खोल्न शुरु गर्दा किन आत्तिएको ?’

कांग्रेस–एमालेलाई अर्थमन्त्रीको जवाफ– दबाब दिँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् ।  

आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो ? भनेर प्रश्न गर्न खाजेको बताए । 

Advertisement

संविधान संशोधन भनेको पश्चगमनतिर जानु भन्दै उनले अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए । उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भनी प्रश्न गरे । 

पुनले एमाले काँग्रेस गणतन्त्र, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको आरोप लगाए । यो कुरा माओवादीलाई स्वीकार्य नहुने उनको भनाई छ । पुनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए । 

उनले, ‘एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो ? भनेर संसदमा प्रश्न गर्न खाजेको हो ।’ 

पुनले थपे, ‘संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति, पुनः समानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं । गणतन्त्र ,संघीयता, समानुपातिक र समावेशीतामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खाजेको हो भने स्वीकार्य हुँदैन ।’ 

ठूला फाइलहरु खोल्न शुरु गर्दा किन आत्तिएको भन्दै उनले कांग्रेस र एमालेलाई प्रश्न गरे । काँग्रेस एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो ? भन्ने प्रश्न गर्छौं भन्दै उनले त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्ने बताए । पुनले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने जिकिर गरे । 

Advertisement

Advertisement