व्यापारीको घरमा बसेर सत्ता समीकरण गरिनु आपत्तिजनक छः सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा उनले नयाँ सत्ता समीकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाए । सुवालले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए । 

Advertisement

सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताउँदै भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समिकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे । 

Advertisement

Advertisement