भ्रष्टाचारका फाइललाई ‘ब्ल्याकमेलिङ’को माध्यम नबनाउन गृहमन्त्रीलाई सांसद कार्कीको सुझाव

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भ्रषचारका फाइललाई ‘ब्ल्याकमेलिङ’को माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएकी छन् । 

सोमवार संसदमा उनले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने ? भनि प्रश्न समेत गरिन् । कार्कीले बेचन झालाई शिखण्डीको रुपमा नउभ्याउन पनि आग्रह गरिन् । 

Advertisement

उनले भनिन, ‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ । बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईंहरुलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् । कुनै बेचनलाई अगाडि ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रुपमा नउभ्याउनुस् । गृहमन्त्रीज्युलाई रुलिङ गरियोस् । उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्युनिकरणका कार्यक्रमहरु भएको छ कि छैन ? यस्तो खेलाँचीको काम नगरौँ । नेपाली जनताको ज्यान बचाउने काम गरौँ । फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्र नबनाऔँ ।’

कार्कीले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताइन् । 

Advertisement

Advertisement