राशिफलः आज (असार २५) तपाइँको पेशा, व्यवसाय, आर्थि कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २५ गते मंगलबार, आषाढ शुक्लपक्षको तृतीया तिथि, उप्रान्त चतुर्थी तिथि ।

मेष 
पेशागत जीवन स्थिर रहने छ । शेयर क्षेत्र औसत खालको रहने छ । बोली प्रभावकारी हुने छ । आम्दानीमा हुने बृद्धिले भाग्यको अभिवृद्धि हुनेछ । मनमा आफु भाग्यमानी भएको लागि रहँदा उत्साह र उमङ्ग कायम रहने छ । व्यापारमा रहेकाहरुको हकमा मनमा दुविधा देखा पर्ने छ । नराम्रा सपनाहरुले सताउने छ ।

Advertisement

वृष
पेशागत क्षेत्र सकारात्मक रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । बोलीमा कडापन आउँदा यसले तपाईप्रतिको सकारात्मक धारणामा कमि ल्याउने छ । पारीवारिक सुख प्राप्त हुनेछ । मनोबल र शारीरिक अवस्था कमजोर बन्ने छ । साथिभाइको सहायता मिल्ने छ । बोलेर खानु पर्ने पेशामा आवद्धहरुलाई समय अनुकुल बन्ने छ छ । 

मिथुन 
पेशागत जीवनमा उन्नति प्रागति हात पर्ने छ । शेयर क्षेत्रबाट पनि लाभ मिल्ने छ । आम्दानीमा बृद्धि कायम रहने छ । प्रभावकारी बोली हुने हुँदा चाहेका कामहरुमा सकारात्मक वातावरण बन्ने छ । परिवारमा उत्साहपूर्ण वातावरण बन्ने छ । यात्रारत रहनु पर्ने छ । सवारीसाधनजन्य विषयमा भने कठिनाईको सामना गर्नु पर्ने छ ।

कर्कट
पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । आम्दानी सोचे जस्तो बृद्धि हुने छैन् तर धेरै नकारात्मक अवस्थामा नै भने जाने छैन् । आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रहिरहने व्यक्तित्व रहने छ । भाग्यको साथ नरहेकाले सोचेका कुराहरु प्राप्तिमा अलि बढि संघर्ष गर्नु पर्ने हुन्छ ।

सिंह
पेशागत जीवन सहज रहने छ । कमाईमा पनि बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । भाग्यले साथ दिएको छ । सामान्यतया नरमखालको बोली भएता पनि बेला बेला अरुले कल्पना नै नगरेको जस्तो कटु बाणि आउने भएकाले ध्यान दिनु होला । सार्वजनिक सेवाको क्षेत्रमा आवद्धहरुलाई कदर प्राप्त हुने छ । 

कन्या
पेशागत जीवन सकारात्मक रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । दृढ र दह्रो स्वाभाव भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छैनन् । रिस नियन्त्रण गर्ने बारेमा भने चनाखो बन्नु होला । भित्रि बुद्धि पनि चलायमान हुने छ भने मन स्थिर रहँदारहँदै पनि बेलाबेला अनपेक्षित उदासिनता देखा पर्ने छ । दाम्पत्य जीवन कटुताको अवस्था देखिने छ ।

तुला
पेशागत क्षेत्रमा धेरै संघर्ष गर्नु पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । भाग्यहिनताका कारण धेरै मेहनतपछि मात्र चाहेका कुरा आंशिक मात्र प्राप्त हुने छ । दृढ खालको व्यक्तित्व हुने छ भने बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । दृढताका कारण अरुको मन जित्न सकिने छ । 

वृश्चिक
पेशागत जीवनमा सन्तुलन कायम रहने छ । शेयर क्षेत्रबाट आशा गरे जस्तो फाइदा हुने छैन् । आर्थिक अवस्था मध्यम खालको कायम रहने छ । यात्रामा अवरोधको सामना गर्नु पर्ने देखिन्छ । सपनामा पितृहरुसँग सम्बन्धित घटनाक्रमहरु देखिने हुँदा मानसिक दबाब सृजना हुने छ । साझेदारीमा गरिएका काममा द्वन्द देखिने छ । सामाजिक काममा मन जाने छ ।

धनु 
पेशागत जीवनमा उतारचढावको सामना गर्नुपर्ने देखिन्छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । आर्थिक अवस्था सन्तुलित बन्ने छ । भाग्यको साथ रहेको छ । बोलीको प्रभाव कायम रहने छ । कर्मशिल स्वाभाव भएता पनि अरुले त्यसको पहिचान र कदर कम गर्ने हुँदा मनमा कता कता निराशाको भाव आउने छ ।

मकर 
पेशागत जीवन मध्यम खालको रहने छ । शेयर क्षेत्र पनि औसत खालकै रहने छ । मन दृढ हुने हुँदा सानासाना विषयमा मनमा चिन्ता धेरै देखिने छैन् । बौद्धिक क्षमता र बौद्धिक स्तरमा उच्च व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा केही गिरावट आउँदा पेशागत जीवनमा असर पार्ने छ । परिवारमा किचलो देखिन जाने छ ।

कुम्भ 
पेशागत जीवनमा संघर्ष गर्नु पर्ने हुन्छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छ । मनमा निराशाका क्रमले छोड्ने छैन् । मेहनत र पराक्रमी स्वाभाव कायम रहँदा अवश्य केही राहत दिने छ । दृढताको अभाव हुने भएकाले जुध्नु पर्ने स्थानमा पनि जुध्न नसक्ने हुँदा अरुले हेप्ने छन् । धर्म अध्यात्मको क्षेत्रमा झुकाव बढ्ने छ ।

मीन
पेशागत क्षेत्रबाट सोचे जस्तो अवस्था आउने छ । शेयर क्षेत्र भने चुनौतिपूर्ण रहने छ । प्रभावकारी बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । अरुले पनि तपाईबाट सहज अनुभूति गर्ने छन् । तर बेलाबेला अनपेक्षित रिसको मात्रा धेरै देखिने भएकाले यसबारेमा संयमित रहनु होला । विश्वास गरेका मित्रहरुबाट धोकाको अवस्था आउने चुनौति छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement