सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्  ।

Advertisement

इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । 

साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement