ब्रिटिस कलेजका निर्देशक महेन्द्रराज कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ बाट सम्मानित

Advertisement

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्डस् २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो ।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनको कुशल नेतृत्वका कारण ब्रिटिस कलेज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएकोले अवार्डबाट सम्मानित भएका हुन् । 

Advertisement

‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ अवार्डबाट सम्मानित हुनुभएपछि प्रतिक्रिया दिँदै निर्देशक कँडेलले भने, ‘यो मेरो मात्र एकल उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक योगदानको लागि गरेको गरेको मेहनतको नतिजा हो ।’

एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो । चुनौतिपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई यस वर्ष पनि अवार्ड प्रदान गरिएको छ ।

कार्यकारी निर्देशक कँडेललाई ब्रिटिस एजुकेशन ग्रुप तथा ब्रिटिस कलेज परिवारले हार्दिक बधाई ज्ञापन गर्दै उनको यस उपलब्धिमा गर्व गरेको छ । विज्ञप्ति मार्फत उनको दूरदर्शी नेतृत्वले संस्थाको दायरलाई अझै फराकिलो बनाउँदै लैजाने र नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । 
 

Advertisement

Advertisement