मुद्दतीमा लगानी गर्दै दूरसञ्चार प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । 

कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको हो । 

Advertisement

मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुकी ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन पेस गर्नुपर्नेछ । 

Advertisement

Advertisement