एनसेलद्धारा नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी डिजाइन गरिएको ‘बिज सधैं अन’ सुरु

Advertisement

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ । 

नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो योजना ल्याएको भन्दै एनसेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा फाइभजी भिजनमा आधारित एक अर्को पहल भएको बताएको छ । 

Advertisement

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको कम्पनीको भनाई छ । 

अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन् । एनसेलले स्थापनाकालदेखि नै आफूहरुले एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको स्मरण पनि गरेको छ । 

एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका पाँच लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । पत्रकार सम्मेलनमा कम्पनीका सीईओ एवं प्रवन्ध निर्देशक जाब्बोर कायुमोभले उद्योगको विकास भइरहेको, कम्पनीहरूको माग बढ्दै गएको भन्दै सिंगापुर, दुबई र छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेको बताए ।

यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने ? ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने ? कसरी प्रभावकारिता बढाउने ? भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेको भन्दै उनले एनसेलले पनि उद्यमका पीडा मर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउने काम गरिरहेको बताए ।  

कायुमोभले भने, ‘त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन् । सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं । अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौं र इनोभेटिभ सोलुसनहरु ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।’

कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरुमा पहुँच पुर्याउने लक्ष्य राखेको छ ।’ 

फाइभजीले अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याउन सक्षम बनाउने, जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भन्दै एनसेलले डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्ने बताएको छ । सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा आफूले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुर्राष्ट्रिय कम्पनी, होटल, व्यवसायी र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको बताएको छ । 

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत रु ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले शेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ । 

रु ४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड  टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले रु १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्छन् । 

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र रु ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् । 

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स१२३ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् । 

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा आफूहरुले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गदै आएको एनसेलले बताएको छ । 

यी सेवा तथा सुविधाहरु नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएको र यसले अहिलेको परिस्कृत तथा गतिशील बजारमा भरपर्दो प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशतm बनाउन मद्दत गर्ने उसको भनाई छ ।

Advertisement