सिटिजन्स बैंकका ग्राहकले ग्वार्कोस्थित ब्लु क्रस डेन्टल क्लिनिकमा छुट पाउने

Advertisement

 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले डेन्टल क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

Advertisement

 

Advertisement

Advertisement