मन्त्री आरजु राणाको पहिलो प्रतिवद्धता– हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गर्छु

Advertisement

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् । 

सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताइन् । नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको राणाको भनाई छ । 

Advertisement

उनले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य रहेको बताइन् । राणाले दौंत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताइन् । उनले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने बताइन् । 

राणाले भनिन, ‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरुको बीचमा छौँ । हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधिन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो ।’ 

उनले थपिन्, ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी ननएग्रेशनमा, पञ्चशीलमा विश्वास गर्ने देश हाँै । यो जिम्मेवारीलाई अघि बढाउन पनि भूमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । यो भन्दा पहिला पनि यस्ता अफ्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भुमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’

राणाले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन् । 

Advertisement