ओलीलाई बालेनको कडा चुनौति– समय बितेपछि गोहीको आँसु चुहाउने राजनीति नगर्न सुझाव

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीलाई समय बितेपछि गोहीको आँसु चुहाउने राजनीति नगर्न कडा चुनौति दिएका छन् । 

एमालेकी एक नेतृले एक नाबालिकालाई बन्दी बनाएर बालश्रम शोषणा गरेको विषयमा अदालतले समेत कारवाहीको आदेश दिँदा समेत सरकारले रोकेको कुरा खुलासा गर्दै उनले ओलीले भन्दै आएको सुशासनको समेत व्यङ्ग्य गरेका छन् । 

Advertisement

बालेनले पीडत एमाले नेतृको फोटो समेत सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँले बिगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले बिगत २ महिनादेखि कारबाही अगाडी बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन् । अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा, जसलाई बाल शोषण  गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??

Advertisement