‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको बम्पर विजेताको नाम घोषणा

Advertisement

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०२०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

Advertisement

उक्त अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् । 

सो अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरीका ईन्द्रप्रसाद गुरागाई, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोड का ग्राहकले हुन्डाई एक्सटर जितेका छन् । 

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यो योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

Advertisement

Advertisement