साउन ४ देखि एफपीओ बिक्री खुला गर्दै सूर्योदय वोमी लघुवित्त

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

Advertisement

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपियाँमा पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको जनाएको छ । 

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि थप भई साउन १८ गतेसम्म लम्बिनेछ । 

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको एफपीओमा केयर रेटिङ नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

Advertisement