प्रहरी इन्काउन्टरमा मारिएका 'चरी'का दाई ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा विजयी

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनी प्रहरी इन्काउन्टरमा केही बर्षअघि मारिएका डन चरी (दिनेश अधिकारी)का दाई हुन् । 

परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अधिकारीले अध्यक्षका अर्का प्रत्याशी भविश्वर शर्मालाई पराजित गरेका हुन् । शर्मा यसअघि अध्यक्ष थिए । 

Advertisement

निर्वाचन अधिकृत उमादेवी प्रसाईंले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएको जानकारी दिइन् । 

यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । 

सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएका हुन् । 

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार १९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।

undefined
 

Advertisement

Advertisement