आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । 

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

Advertisement

यसदिन नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयरमूल्य १४८ रुपियाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात्र सोमबार, कम्पनीको शेयर प्रतिकित्ता २२० रुपियाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपियाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Advertisement

Advertisement