मुगुको दार्मा केन्द्रविन्दु भएर भूकम्प

Advertisement

काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प  गएको हो ।

Advertisement

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

Advertisement

Advertisement