विज्ञापन बजारको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङको बोर्डलाई निर्देशन

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व बृद्दि गर्नुपर्ने बताएका छन् । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिने क्रममा उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन पनि दिए । 

गुरुङले ३० अर्वको विज्ञापन बजारमा १३ अर्व मात्र कारोवार हुनु र वाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने २० अर्वमा २ अर्व मात्र राजश्व संकलन हुने परम्पराको अन्त्यको लागि सबै तहका सरकारले प्रयास गर्नुपर्ने बताए । विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री उनले निर्देशन दिए । 

Advertisement

विज्ञापन बजारको बारेमा जानकारी गराउँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताए । उनले सञ्चार माध्यमको विलको प्रतिलिपि राखेर मात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने ब्यवस्था कानूनमा गरिएको जानकारी गराए । 

विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो ब्यवस्था गरिएको हुमागाईंको भनाई छ । उनले वाह्य विज्ञापन (होर्डिंङ बोर्ड)तर्फ राजश्व संकलन स्थानीय तहवाटै गराउन कानूनको निर्माण भई रहेको र सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसँग बोर्डले समन्वय गरिरहेको बताए । 

सामाजिक सञ्‍जालमा हुने विज्ञापनको नियमनको लागि कानूनको मस्यौदा तयार गरिएको जानकारी गराउँदै अध्यक्ष हुमागाईंले त्यसका लागि विज्ञापनऐनमै संशोधन आवश्यक भएको बताए । चलचित्र घर, नाट्यशाला, मेला महोत्सवमा हुने विज्ञापनको नियमन स्थानीय तहबाटै गर्ने गरी कानून निर्माण भईरहेको उनले जानकारी गराए । 

२०७८ सालमा गठन भएको विज्ञापन बोर्डले सबै तहमा विज्ञापनको नियमनका लागि काम गरिरहेको जानाकारी दिँदै २०७९ सालमा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको, स्थानीय तहका सार्वजनिक हित तथा जनहितका सूचनालाई स्थानीय सञ्‍चार माध्यमबाटै प्रकाशन तथा प्रसारणको ब्यवस्था मिलाउने तयारी गरिरहेको बताए । 

Advertisement

Advertisement