घटस्थापनादेखि पूर्णिमासम्म रात्रीकालिन उडानको व्यवस्था मिलाएको छः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालिन उडानको व्यवस्था मिलाएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन् । 

Advertisement

पाण्डेले भने, ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ ।’

साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने बताए ।

Advertisement

Advertisement