नेपालले जित्यो आइसिसी अवार्ड

Advertisement

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ ।

२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट संघले जनाएको छ । क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो । 

Advertisement

आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ । 
 

Advertisement

Advertisement