आरएसडीसी लघुवित्तको नाफा १४ करोड ६६ लाख , प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो आवको तुलनामा बढेको हो । 

गत आवमा संस्थाले १४ करोड ६६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले १० करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ४७.९४ प्रतिशत र कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशतले घटेको छ । 

त्यसैगरी गत आवको अन्त्यसम्म संस्थाको सञ्चालन मुनाफा ३५.१२ प्रतिशत बढेको छ । 

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ३.१७ रुपियाँले बढेर १५.५३ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४४.५६ गुणा रहेको छ ।

असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १२४.५० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा चुक्ता पुँजी ८.६० प्रतिशतले बढेर ९४ करोड ४३ लाख रुपियाँ पुगेको छ भने ५ अर्ब ३५ करोड रुपियाँ सापटीबाट ६ अर्ब २७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement