छ वर्षदेखि नवीकरण नभएर साढे १३ करोड बक्यौता रहेको याक एण्ड यती होटल बिक्रीमा

Advertisement

काठमाडौं । दरबारमार्गस्थित पूरानो होटल याक एण्ड यती विगत छ वर्षदेखि नवीकरण भएको छैन् । २०६० चैत ६ मा स्तर बर्गीकरण गरी सञ्चालनमा आएको यो होटल २०७५ देखि नवीकरण नभएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए । 

उनका अनुसार आर्थिक वर्षको ७९–८० सालको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार होटलले सरकारलाई १३ करोड ३४ लाख १७ हजार रुपियाँ तिर्न बाँकी रहेको छ । साथै २०८०–८१ को महालेखाले लेखापरीक्षण बाँकी रहेकाले यो बक्यौता अझै बढ्ने छ । 

Advertisement

होटलको क्यासिनोको रोयल्टी बक्यौता तिर्न बाँकी रहेकाले नवीकरण नभएको भुजेलले बताए । मोटो रकम सरकारलाई तिर्न बाँकी रहेको र होटल सञ्चालन गर्न नसक्दा बिक्री गर्ने तयारी गरिएको छ । याक एण्ड यती एउटा सम्पदा होटल पनि हो । 

पाँच तारे डिलक्स लक्जरी सम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर टाढा, नेपालको प्रसिद्ध पर्यटकीय केन्द्र ठमेलबाट करिब एक किलोमिटर टाढा छ । १९७७ सेप्टेम्बर २७ तारिखमा याक एण्ड यती १२० कोठासहित पाँच तारे होटलको रूपमा खोलिएको थियो । पुरानो लालदरबारको वास्तुशिल्पसँग मेल खाँदै थप १५० कोठाको नयाँ पङ्क्ति निर्माण गरी कोठाको कुल संख्या २७० पुगेको छ । 

राजधानीको मुटुमा रहेको यो होटल आर्थिक संकंटपछि बिक्री गर्न खोजिएको हो । 

Advertisement