आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा ​देशभर साधारणतया बदली रहेको छ ।

बागमतीसहित कोशी, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि विभागको पूर्वानुमान छ ।

 

Advertisement

Advertisement